Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सिक्किममा हिमपहिरोमा परि तीन नेपालीको मृत्यु


स्वतन्त्र
बुधबार, चैत २२ २०७९०७:३३
  • 300
    SHARES

  • सिक्किममा हिमपहिरोमा परि तीन नेपालीको मृत्यु

    सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीसहित ७ जनाको मृत्यु भएको छ । हिमपहिरोमा परि १३ जना घाइते भएका छन् ।

    images
    images

    सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो ।

    नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन। त्यस्तै मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये छन् । तीनै जना नेपालीको शव ल्याउने तयारी भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस