Logo

Jul 30 2026 | २०८३, साउन १४गते

घरमाथि टयाक्टर खस्दा सुतिरहेका युवकको च्यापिएर मृत्यु


बुधबार, चैत २२ २०७९१०:३८
  • 676
    SHARES

  • घरमाथि टयाक्टर खस्दा सुतिरहेका युवकको च्यापिएर मृत्यु

    बागलुङ - रातको समयमा घरमाथि टयाक्टर खस्दा सुतिरहेका युवकको च्यापिएर मृत्यु भएको छन ।

    images
    images

    मंगलबार राती बागलुङको गल्कोट नगरपालिका मनेवाफाटमा टयाक्टर अनियन्त्रित भई सडक देखि तल रहेको घरमा पल्टिदा सुतिरहेका पुर्वी नवरपासीका २३ बर्षिय दिपेश सलामीको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मिनबहादुर खडककाले बताए । 

    खर्वाङ देखि हटियातर्फ आउदै गरेको ध १ त ६०९ को टयाक्टर दुर्घटना भएको थियो । सडकमा रोकिरहेको २ च ८३४८ नम्बरको कारलाई टयाक्टरले ठक्कर दिई अनियन्त्रित भई सडक देखि १५ मिटर तल खस्दा स्थानिय होमबहादुर सिङजालीको घरमा परेको थियो । टयाक्टर दुर्घटना भई घरमा खस्दा सङजालीको घरमा पाउना हुन आएका सलामीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भईरहेको र टयाक्टर चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ । 


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस