काठमाडौं । नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार आज एक तोला छापावल सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको हो । तेजावी सुनको मूल्य एक लाख १० हजार ५ सय रुपैयाँ तोकिएको छ । यसअघि सुनको उच्च मूल्य चैत ५ गते एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।