Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुदै


स्वतन्त्र
बिहीबार , चैत २३ २०७९०७:१५
  • 288
    SHARES

  • सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुदै

    काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेको छ ।  गत मङ्गलवार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भए अनुसार थप परिमार्जन गरेर  सार्वजनिक गर्न लागिएको हो ।

    images
    images

    कार्यदलले तयार पारेअनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो बारेमा पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनको बैठक बसेर अन्तिम रूप दिइनेछ ।

    नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।

    आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ । 

    प्रतिक्रिया दिनुहोस