Logo

Jul 30 2026 | २०८३, साउन १४गते

प्रदेशको नामकरण माग गर्दै प्रधानमन्त्री प्रचण्डसमक्ष ज्ञापनपत्र पेश


स्वतन्त्र
बिहीबार , चैत २३ २०७९१२:१४
  • 416
    SHARES

  • प्रदेशको नामकरण माग गर्दै प्रधानमन्त्री प्रचण्डसमक्ष ज्ञापनपत्र पेश

    नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरूले पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन । किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले भेटी ज्ञापनपत्र बुझाएका छन।

    images
    images

    प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्री प्रचण्डसमक्ष अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस