Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज भएको प्रधानमन्त्री दाहाल भनाई


स्वतन्त्र
बिहीबार , चैत २३ २०७९०८:०९
  • 372
    SHARES

  • नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज भएको प्रधानमन्त्री दाहाल भनाई

    काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम विगतको तुलनामा विकसित र परिमार्जित भएको दाबी गरेका छन । उनले यसलाई सरकारमा रहेका दलको मात्रै नभई राष्ट्रिय सहमतिको नीति तथा कार्यक्रमको रुपमा रहेको बताए । सत्तारुढ गठबन्धनमा आवद्ध १० दलले १३ पृष्ठ लामो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका थिए ।

    images
    images

    नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री दाहालले भने, ‘यो न्यूनतम साझा कार्यक्रममा अहिलेका १० दलको मात्रै होइन, यसमा यसअघिको गठबन्धन सरकारमा सहभागी दलहरूको पनि प्राथमिकताहरू समेटिएका छन् । त्यसरी हेर्दा यो राष्ट्रिय सहमतिको दस्तावेज हो भन्न सकिन्छ । त्यसकारण यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सबै राजनीतिक दलको पनि हो ।’

    उनले सरकारको नीति तथा कार्यक्रमको विज्ञहरूले प्रशंसा गरेको र गठबन्धन सरकार भएपनि नीति तथा कार्यक्रम सुधारिएको रुपमा आएको भन्दै कार्यान्वयनमा जोड दिन सुझाव दिएको सुनाए ।

    अहिले जनताको माग र आवश्यकताहरू पूरा गर्नका लागि नयाँ संकल्प र प्रतिबद्धताको खाँचो छ, हामीलाई यसको महसुस भएको छ । म यो कुरामा सबै राजनीतिक दल, कर्मचारीतन्त्र र नागरिक समाजबाट समेत सहयोगको अपेक्षा गर्दछु,’ प्रधानमन्त्री दाहालले भने ।

    नीति तथा कार्यक्रमले अहिलेको जनताको बदलिँदो माग र आवश्यकताहरूलाई सम्बोधन गर्दै प्रविधियुक्त, समतामुलक र सामाजिक न्यायसहितको समृद्ध समाज निर्माणका लागि मार्गदर्शन गर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस