Logo

Jul 31 2026 | २०८३, साउन १५गते

अर्थमन्त्री महतले भने,देशको अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन


स्वतन्त्र
बिहीबार , चैत २३ २०७९०८:२८
  • 348
    SHARES

  • अर्थमन्त्री महतले भने,देशको अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन

    अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन। अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज सेजन सँगको छलफलमा उनले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याए।

    images
    images

    उनले भने, अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ। खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ।

    अर्थमन्त्री डा.महतले अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उल्लेख गरे। उनले भने, अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ। उनले आयात प्रतिबन्ध हुँदा विदेशबाट विभिन्न च्यानलबाट अवैधरूपमा  मोबाइल फोन भित्रिँदा ३० देखि ३५ अर्ब राजस्व गुमेको उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस