Logo

Jul 30 2026 | २०८३, साउन १४गते

रामेछापमा जिप दुर्घटना : मृतक ४ जनाकै सनाखत


स्वतन्त्र
बिहीबार , चैत २३ २०७९०८:३८
  • 332
    SHARES

  • रामेछापमा जिप दुर्घटना : मृतक ४ जनाकै सनाखत

    काठमाडौँ — रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको जिप दुर्घटनामा परी मृत्यु हुने चार जनाकै सनाखत भएको छ ।

    images
    images

    रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु हुनेमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन् ।

    दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित दुईको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

    रासस

    प्रतिक्रिया दिनुहोस