Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सगरमाथा जलबिद्युत्तको आईपीओ खुला


स्वतन्त्र
बुधबार, चैत ८ २०७९०८:५८
  • 388
    SHARES

  • सगरमाथा जलबिद्युत्तको आईपीओ खुला

    काठमाडौँ — सर्वसाधारणका लागि बुधबारदेखि सगरमाथा जलविद्युत् कम्पनीको प्राथमिक सेयर आईपीओ खुलेको छ । अंकित मूल्य १ सयका दरले कम्पनीको कुल ३५ लाख ८१ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला भएको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई आईपीओ बिक्री गरिसकेको छ ।

    images
    images

    एक सूचना सार्वजनिक गर्दै बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ खुला भएको जानकारी दिएको हो । कम्पनीको आईपीओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस