Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुदै


स्वतन्त्र
आइतबार, चैत २६ २०७९१०:१५
  • 436
    SHARES

  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुदै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आइतबार हुँदै छ । जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दाको पेसी  तोकेको हो । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई प्राथमिकतामा राखिएको छ ।

    images
    images

    लामिछानेको मुद्दाको फैसला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यवसायीको अनुरोधमा रोकिएको थियो ।

    पुनः सुनवाइका लागि पेशी तोकिएको भए पनि समय सीमा अभावका कारण गत बिहीबार सुनवाइ हुन सकेको थिएन । सर्वोच्च अदालतले सो मुद्दाको चाँडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसला आउन सक्ने सम्भावना रहेको छ । एक किशोरीमाथि बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । सो आदेशसँगै लामिछाने पुर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख धरौटीमा उनलाई छाडेको थियो ।

    प्रतिक्रिया दिनुहोस