Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक


स्वतन्त्र
आइतबार, चैत २६ २०७९१०:५४
  • 396
    SHARES

  • नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

    काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको निर्वाचन समितिले यही चैत २९ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

    images
    images

    कार्यतालिकाअनुसार चैत २९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । उक्त अवधिसम्म मतदान केन्द्र प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउनेछन् । यस्तै, बिहान ८ बजेदेखि निर्वाचन हुन नसकेमा निर्वाचन रोकिने समयतालिका समेत थपिनेछ ।

    पहिलोचरण वरिष्ठ उपाध्यक्षको उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार मत नल्याएमा दोस्रो चरणको मतदान हुनेछ । र, दोस्रो चरणको मतदान चैत ३० गते नै दिउँसो ११ देखि साँझ ५ बजेसम्म हुनेछ । 


    मतदाताले मतदान केन्द्रमा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका प्रज्वलनशील पदार्थ लग्न पाउनेछैनन् । यसका साथै, मतदाताले मादक पदार्थ सेवन गरेर समेत मतदान केन्द्रमा जान नपाउने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस