Logo

Jul 30 2026 | २०८३, साउन १४गते

अडियो टेप प्रकरणबारे रवि :छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला


स्वतन्त्र
आइतबार, चैत २६ २०७९०७:४६
  • 432
    SHARES

  • अडियो टेप प्रकरणबारे रवि :छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो टेपबारे ७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन । बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘आज हाम्रो संघीय सांसदको अडियो टेप सार्वजनिक भएको सामाजिक सञ्जालबाट जानकारी पाएको छु । तपाईँलाई म स्पष्ट पार्न चाहन्छु । त्यो अडियो सार्वजनिक हुने बित्तिकै मैले पार्टी पङ्क्तिमा ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनु भनेर अल्टिमेटम दिएको छु ।’

    images
    images

    लामिछानेले आफूले ७२ घण्टाको अल्टिमेटम दिएको बताउँदै सो समयभित्र कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिन चुनौतीसमेत दिएका हुन् । लामिछानेले देशका भ्रष्टाचारका काण्डहरू ७२ वर्षदेखि अल्झिरहे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि त्यो प्रश्नको निराकरण हुने जिकिर गरे । ‘मैले ७२ घण्टाको अल्टिमेटम दिएको दुई घण्टा बितिसक्यो, ७० घण्टा बाँकी छ । ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न सकिन भने मलाई यही गढीमाईमा बली दिनुहोला,’ उनले भने ।

    छानबिन नहुन्जेल संसद्भित्र वा साधारण सदस्यका रूपमा सांसद श्रेष्ठलाई काम गर्न नदिने उनले स्पष्ट पारे । उनले आफूले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने पनि जिकिर गरे । 

    ‘पार्टीले आफ्नो तर्फबाट गर्ने छानबिन गरिहाल्छ । उनलाई कानुनी कारबाहीका लागि अनुसन्धानमा लिएर जान प्रहरीको निवेदनमा आफै हस्ताक्षर गर्छु र अख्तियारमा आफै जान्छु र भन्छु मेरो सांसदले घुसखोरीमा डिल गरेको रहेछ भने सख्त कारबाही गर्नुहोला,’ उनको भनाई छ । 

    सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि पार्टीमा पैसा बुझाउन भन्दै दुई करोड रुपैयाँको माग गरेको अडियो सार्वजनिक भएको छ ।

    प्रतिक्रिया दिनुहोस