Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सरकारी टोली र मिटर ब्याज पीडितबीच वार्ता हुदै


स्वतन्त्र
सोमबार, चैत २७ २०७९०९:२२
  • 400
    SHARES

  • सरकारी टोली र मिटर ब्याज पीडितबीच वार्ता हुदै

    काठमाडौं । मिटर ब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटर ब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच सोमवार पनि वार्ता हुन लागेको हो ।

    images
    images

    संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभए पछि सोमवार पुनः गर्न लागिएको संयोजक अवधेश कुशवाहले जानकारी दिए ।

     मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रिपरिदषको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे माग सरकारी वार्ता टोली समक्ष राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस