Logo

Jul 30 2026 | २०८३, साउन १४गते

आम पाठकको लागि स्वच्छ छवि निर्माण गरी स्वतन्त्र प्रेसको गरिमा बढाउन लागि पर्ने छौ

प्रकाशकीय


स्वतन्त्र
बिहीबार , चैत ९ २०७९०८:५८
  • 1.0K
    SHARES

  • प्रकाशकीय

    युग परिवेश अनुसार सूचना प्रभाव परिमार्जित एवं परिस्कृत हुँदै आएको छ । कुनै समय सूचना प्रदान गर्नको लागि गन्धर्व समुदायले सारङ्गीको माध्यमबाट देश, काल, परिस्थिति र विभिन्न घटना परिघटनालाइ सूचनाको रुपमा एउटा गाउँबाट अर्को गाउँमा पु¥याउने चलन लामो कालखण्डसम्म चल्यो ।  १९ शताब्दीदेखि विश्वमा आएको सूचना प्रविधि परिवर्तनले  सूचना, विचार र मनोरन्जन लिने पाठक, दर्शक र श्रोताको भूमिकामा समेत उल्लेखनिय फडको पार्यो । सूचना आदान प्रदान गर्न विभिन्न सञ्चार माध्यमको विकासले तिव्र गति लिईरहेको छ । सञ्चार माध्यमबाट विश्वको खवर जताततै पुग्ने गरि सञ्चार क्रान्तिले विश्वलाई साँघु¥याएको मात्र होइन सहज पनि बनाएको छ । राज्यले पनि जनताको सूचना पाउने आफ्नो अधिकारको रुपमा स्थापित गरेको छ  । 

    images
    images


    नागरिकले  सूचना र समाचार पढने माध्यममा आएको क्रान्तिले आम पाठकहरु अनलाइन मिडिया आकर्षिक भएका छन्। तत्काल पढ्न, सुन्न मिल्ने, प्रतिक्रिया पनि जनाउन मिल्ने भएकोले अनलाइन मिडिया विश्वभरी फस्टाएको छ ।  जस्ले गर्दा सञ्चार माध्यम र पत्रकारलाई सुद्दढ,प्रभावकारी र व्यस्थित हुने क्रम बढेको छ । नागरिकलाई सूचना दिलाउने र सुसुचित गराउने यस माध्यमले  पत्रकारहरुले झनै जवाफदेहि र जिम्मेवार  हुनु परेका छ । जस्ले गर्दा  पत्रकारहरुको क्षमता अभिबृद्धि,दक्ष र आम पत्रकारिताको गुणस्तरीयता, व्यवसायीक पत्रकारीताले समेत पछाईरहेको छ । परम्परागत र हतारको पत्रकारीताले प्रसय पाईरहेको अवस्थामा खोज पत्रकारिताको विकासमा जोड दिनु अहिलेको मुख्य आवश्यकता हो ।


    गाउँदेखि सहर जताततै हरेक वर्ग क्षेत्र र समुदायलाई सुुसुचित गर्ने अभिप्रायले हामी क्रियासिल भएका छौ। त्यसैले सत्य,तथ्य र सन्तुलित समाचारबाट नागरिकलाई सुसुचित गराउने तर्फ हाम्रो प्रतिवद्धता पनि जाहेर गर्न चाहान्छौं । सत्यता, शुद्धता,यथार्थ, सन्तुलन र विश्वासनीयताका साथ पत्रकारिता विकासका लागि अग्रस्थानमा रही निरन्तर कलम चलाइरहने अठोटका साथ स्वतन्त्र छवि निर्माणमा गहिरो र कठोर परिश्रम गरी  स्वतन्त्र प्रेस अनलाईनलाई आम पाठकको हितमा लैजान  सम्पूर्ण पाठक, बौद्धिक समुदाय, शुभेच्छुक र  विज्ञापनदाताहरुबाट सधै हौसला र उर्जा मिल्ने बिश्वास लिएका छौ।

    प्रतिक्रिया दिनुहोस