Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

ढाकाकुमारको अर्को अडिओ टेप पनि सार्वजनिक


स्वतन्त्र
मंगलबार, चैत २८ २०७९०७:४६
  • 484
    SHARES

  • ढाकाकुमारको अर्को अडिओ टेप पनि सार्वजनिक

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ। आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।

    images
    images

    ढाकाकुमारले आइतबारको अडिओ सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको कपुरबोटले उल्लेख गरेको छ। अडिओको पछिल्लो भागमा ढाकाकुमारले दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै गौतमलाई फोन गरेको सुनिन्छ।

    दुर्गाजीले मेरो अडिओको बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थ गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर। अब यो नहुने कुरालाई बढाएर के फाइदा,फोनमा ढाकाकुमार भन्ने व्यक्तिले भनेका छन्।

    उनीसँग फोनमा बोल्ने व्यक्तिले भने आफू गाडीमा भएकाले त्यो विषयमा सल्लाह गरौंला सर, भरे कुरा गरौंला भन्दै फोन काटेका छन्।

    सार्वजनिक अडिओको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंलाई फोन गरेका छन्। प्रसाईंले उनलाई तपाईं ढाकाकुमारको भाइ हो भनेर सोध्छन्।

    उनले हो भन्छन्। 

    यसपछि प्रसाईंलाई फोन गर्ने व्यक्तिले दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयोु भन्छन्।

    दुर्गा प्रसाईंले यसमा मैले के गर्नुपर्छ त भन्नु नु भनेर सोध्छन्।

    मैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन। माग्न लाउनेको पो गल्ती हो त।बरू मैले कसरी सहयोग गर्न सक्छु भन्नु न,प्रसाईंले भनेका छन्।

    फोनमा ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, जे भए पनि दाइले बीचमा पारे क्यार। लाटो सोझो मान्छेलाई बीचमा पारे। हजुरले बुझिदिनुपर्‍यो। दाइले एकपटक भेट्ने भन्नुभएको छ।

    प्रसाईं भन्छन्, म वीरगन्जमा छु। बेलुकी भेट्न भनिदिनु। वीरगन्जमा लघुवित्तको कार्यक्रममा छु। लघुवित्त, बैंक र सहकारीले सके। रवि लामिछानेहरू यस्तै हो, लुट्न गएका छन् त्यहाँ। अब तपाईंले बुझिहाल्नुभयो।

    उनले थप भनेका छन्, मलाई एउटा कुरा चित्त नबुझेको। सांसद बनाउँदा पनि पैसा लिने र मन्त्री बनाउँदा पनि पैसा लिने। पार्टी अध्यक्षहरूको कुरा चित्त बुझेन।

    फोनमा बोल्ने ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, अब यो त दाइहरूको कुरा भयो। म बुझ्दिनँ क्यार। मलाई त दाइले एकचोटि कुरा गर न त भन्नुभएको थियो।

    अडिओसँगै ढाकाकुमारका भाइ भन्ने व्यक्तिले गाडीमा बसेर बोलेको भिडिओ पनि कपुरबोटले सार्वजनिक गरेको छ।

    प्रतिक्रिया दिनुहोस