Logo

Jul 30 2026 | २०८३, साउन १४गते

तरकारी र खाद्यान्‍नमा विषादी जाँच सरकारले गर्ने


स्वतन्त्र
मंगलबार, चैत २८ २०७९०९:१७
  • 496
    SHARES

  • तरकारी र खाद्यान्‍नमा विषादी जाँच सरकारले गर्ने

    काठमाडौँ — तरकारी तथा खाद्यान्नमा सरकारले विषादिको मात्रा परीक्षण गर्ने भएको छ । विदेशबाट ल्याइने तथा स्वदेशमै उत्पादित तरकारी तथा खाद्यान्नमा विषादिको मात्रा सरकारले परीक्षण गर्ने भएको हो । कृषि तथा पशुपंक्षीमन्त्री वेदुराम भुसालका अनुसार मंगलबारको मन्त्रिपरिषद्‍ले तरकारी र खाद्यान्न जाँच सम्बन्धी कार्यविधि पारित गरेको छ ।

    images
    images

    मन्त्रालयका विभिन्न विभागद्वारा सञ्चालित ल्याबहरूमा तरकारी र खाद्यान्नमा रहेको विषादी जाँच गरिने कार्यविधिमा उल्लेख छ । आज कार्यविधि पारित भएको छ । अब भोलिदेखि नै यो कार्यान्वयनमा जान्छ । विदेशबाट ल्याएको मात्रै नभएर स्वदेशमै उत्पादन भएका तरकारी र सबै किसिमका खाद्यान्नमा पनि विषादीको मात्रा कति छ भनेर जाँच गरिन्छ,मन्त्री भुसालले भने ।

    प्रतिक्रिया दिनुहोस