Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बैतडीमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु


स्वतन्त्र
बुधबार, चैत २९ २०७९०७:००
  • 436
    SHARES

  • बैतडीमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु

    काठमाडौँ – बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति जीप दुर्घटना हुदा एकै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

    images
    images

    झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीको भनाइ छ।  

    जीप सवार पाँच जना सकुशल छन। जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।​ 

    प्रतिक्रिया दिनुहोस