Logo

Jul 30 2026 | २०८३, साउन १४गते

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनको लागि निर्वाचन


स्वतन्त्र
बुधबार, चैत २९ २०७९१०:३४
  • 436
    SHARES

  • उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनको लागि निर्वाचन

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनको लागि  निर्वाचन  प्रक्रिया  सुरु भएको छ । मतदान बिहान ८ बजेदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । 

    images
    images

    महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन । अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ । 

    अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

    कार्यसमिति सदस्यमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल सर्वसम्मत भइसकेका छन् ।

    महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन ।

    प्रतिक्रिया दिनुहोस