धार्मिक महत्वको पवित्र र दुर्लभ शालग्रामको संरक्षण,सम्बद्र्धन सँगसँगै पर्यटन प्रबद्र्धन गर्न बागलुङमा शालग्राम महोत्सव सञ्चालन हुने भएको छ । श्रीधराचार्य शालग्राम संग्राहलय तिरुपती बालाजीधामको आयोजनामा आगामी बैशाखमा शालग्राम महोत्वस २०८० आयोजना गरिएको हो ।
शालग्रामको संरक्षण गर्ने उदेश्यले गित संगितका माध्यमबाट प्रतिगात्मक सन्देश दिन बैशाख ११ देखि १५ गतेसम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा महोत्वस हुन लागेको छ ।
पाँच दिनसम्म सञ्चालन हुने शालग्राम महोत्वसमा कालीगण्डकी/शालग्राम गौरवगाथा बिषयक कवि गोष्ठी, रत्यौली,आध्यामित्मक भजन, झाँक्री नृत्य, दोहोरी सहित प्रवचन हुने श्रीधराचार्य शालग्राम संग्राहलयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए । कृष्ण गण्डकीको सभ्यताको महत्व र शालग्रामको महिमाको प्रचारप्रसारमा महोत्वसले टेवा पुग्ने उनले बताए ।
जमिनभित्र १ सय मिटर लामो सुरुङ मार्ग खनेर १ लाख १५ हजार शालग्रामलाई संरक्षण गरि राखिएको छ । संग्रहालयमा ५० ग्रामदेखि ३ सय किलोसम्मका शालग्राम शिला छ । धार्मिक पर्यटक भित्राउन नौलो प्रकारको संरचनायुक्त संग्रहालय महत्वपूर्ण गन्तव्य बनेको छ । शालग्राम जुटाएर निमार्ण गरिएको संग्राहलय अहिले विश्वमै चर्चित हुन पुगेको छ ।