Logo

Jul 30 2026 | २०८३, साउन १४गते

‘जवान’मा शाहरूख खान दोहोरो भूमिकामा देखिँदै


स्वतन्त्र
सोमबार, वैशाख १८ २०८००९:१२
  • 732
    SHARES

  • ‘जवान’मा शाहरूख खान दोहोरो भूमिकामा देखिँदै

    बलिउड अभिनेता शाहरूख खानको फिल्म‘जवान’ निर्माण घोषणा गरिएसँगै चर्चा छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो फिल्म जुन २ मा प्रदर्शन हुनेछ। शाहरूखको फिल्म ‘जवान’ दक्षिण भारतीय अभिनेता कमल हसनको फिल्म ‘ओरू कैदियिन डायरी’ बाट प्रभावित हुनेछ।

    images
    images

    यसै फिल्मलाई सन् १९८६ मा अमिताभ बच्चनको फिल्म ‘आखिरी रास्ता’ नाममा रिमेक गरिएको थियो। दुवै फिल्म बक्स अफिसमा हिट सावित भएको थियो। फिल्ममा अमिताभ बच्चन र कमल हसन बुवा र छोराको दोहोरो भूमिकामा देखिएका थिए। यी दुवै फिल्म बदलाको भावनामा आधारित थियो।

    जवानका निर्देशक एटली कुमार कमल हसनको प्रशंसक हुन् तर यसबारेमा निर्माण टिमले कुनै आधिकारिक जानकारी दिएका छैनन्।
     

    प्रतिक्रिया दिनुहोस