म्याग्दी । म्याग्दी रन्नेचौरका किसान सूर्यमुखीको व्यवसायिक खेती सुरु गरेका छन । किसानले थोरै जमिनमा कम लगानीबाट राम्रो आम्दानी हुने भएपछि सूर्यमुखी खेती गर्न थालेको हुन । म्याग्दी रन्नेचौरका १० जना किसानले अहिले पहिलो पटक सूर्यमुखीको व्यवसायिक खेती थालेका छन ।

किसानले १५ रोपनी जमिनमा सूर्यमुखी खेती गरेका छन । एक रोपनी जमिनमा लगाएको सूर्यमुखी फुलको तेल उत्पादन गरि बिक्री गर्दा एक लाख रुपैया आम्दानी लिन सकिने गरि खेती सुरु गरेको रन्तेचौरका स्थानिय भरत खत्रीले बताए ।
सूर्यमुखी फुलबाट उत्पादन हुने तेलको माग बजारमा अहिले निकै नै छ,खत्रीले भने,शरीरका लागि फाइदा पुग्ने भएपछि सूर्यमुखी तेलको प्रयोग बढदै गएको छ । किसानले लगाएको सूर्यमुखी खेतीले आय आर्जनका साथै आन्तरिक पर्यटक भित्राउन सहयोग पुगेको स्थानियका भनाई छ ।

चैत्रमा लगाएको तोरी खेतीमा रमाउनको लागि पर्यटक आउने गरेकोमा अहिले भने सूर्यमुखी फुलको खेतीमा रमाउन बिभिन्न जिल्लाबाट आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ । खेतको फाँटमा लगाएको सूर्यमुखी बालीको दृष्य अवलोकन र रमाउनको लागि आएको बेनी सामुदायिक बिद्यालयका शिक्षिका चन्द्रकला किसानले बताईन ।
चैत्र महिनामा लगाएको सूर्यमुखीले असारको पहिलो हप्तामा फल दिने गर्दछ । सूर्यमुखी फुल उत्पादन भई तेल निकाल्नु भन्दा पहिलेनै खरिदको लागि व्यापारीहरु गाउँमा नै पुग्न थालेका छन । म्याग्दी रत्नेचौरमा रहेको झन्डै चार सय रोपनी जमिनमा किसानहरुले आगामी दिनमा सूर्यमुखी खेती गर्ने तयारी समेत गरेका छन ।