Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कराँचीमा भाग दौडबाट मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो


स्वतन्त्र
शनिबार, चैत १८ २०७९०६:३१
  • 708
    SHARES

  • कराँचीमा भाग दौडबाट मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

    कराँची । पाकिस्तानको दक्षिणी सहर कराँचीमा रमजानका अवसरमा खाद्यान्न बाँड्ने क्रममा भएको भाग दौडमा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । मृतक सबै महिला तथा बालबालिका छन ।

    images
    images

    कराँचीस्थित एउटा कारखानाले आयोजना गरेको खाद्यान्न बाँडने कार्यक्रममा भाग दौड भएको थियो । कराँचीका प्रहरी अधिकारी मुगिस हास्मीका अनुसार सो कारखानाले प्रहरीलाई आफ्नो कार्यक्रमका बारेमा पहिले नै जानकारी गराएको थिएन ।  एक प्रत्यक्षदर्शीका अनुसार उक्त कारखाना अगाडि हिजो बिहानदेखि नै अत्यधिक भीड जम्मा भएको थियो । भीड बढ्दै जाँदा हजारौँको संख्यामा उपस्थित नागरिकले एक अर्कालाई घचेट्दा च्यापिएर हिजो मात्रै ११ जनाको ज्यान गएको हो । 

    रमजान सुरु भएयता पाकिस्तानका विभिन्न स्थानमा खाद्यान्न बाँडने क्रममा भएको भीडमा किचिएर २१ जनाको मृत्यु भएको छ । पाकिस्तानका परराष्ट्रमन्त्री बिलावल भुट्टो जरदारीले प्रहरी अधिकारीहरूलाई घटनाको कारण र विवरण बुझाउन आदेश दिएका छन। 

    प्रतिक्रिया दिनुहोस