अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ । दर्जनौँ मुद्दा खेपिरहेका ट्रम्पलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको हो ।
पोर्न स्टारलाई आफूहरूको सम्बन्ध लुकाउन पैसा दिएको लगायत थुप्रै आरोप ट्रम्पमाथि लागेका छन् । उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गरेका छन् ।