Logo

Jul 30 2026 | २०८३, साउन १४गते

अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प

भारत र पाकिस्तानमा पनि भूकम्पको धक्का महसुस


स्वतन्त्र
बुधबार, चैत ८ २०७९०८:४८
  • 592
    SHARES

  • अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प

    अफगानिस्तानमा भूकम्पबाट कम्तीमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।पाकिस्तानमा कम्तीमा २ जनाको मृत्यु भएको र ६ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।

    काठमाडौँ — अफगानिस्तानको फैजाबादलाई केन्द्रविन्दु बनाएर ६=६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको थियो । अफगानिस्तानमा भूकम्पबाट कम्तीमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

    images
    images


    पाकिस्ताको हिन्द् कुश क्षेत्रमा भूकम्पको तीव्रता ६=८ म्याग्नच्यिुड रहेको पाकिस्तानी मौसम विज्ञान विभागले जनाएको छ । भूकम्पले इस्लामाबाद लाहोर र पेशावरलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ । पाकिस्तानमा कम्तीमा २ जनाको मृत्यु भएको र ६ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।


    भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्ली‚ राजस्थान र जम्मुकश्मिरमा समेत महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस