पोखरा - होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन । पोखरामा सम्पन्न प्रथम महाधिवेशनले बागलुङका होटल व्यवसायी चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल पौडेल र सहसचिवमा प्रल्हादजङ्ग मरासिनी सर्वसम्मत भएका छन ।
सदस्यमा मीनाकुमारी श्रेष्ठ, गिरीबहादुर थापा, तालबहादुर कुँवर, कविता बस्नेत, गुनादेवी जुग्जाली क्षेत्री, निलेश राजभण्डारी, जीवनकुमार पुनमगर, बुद्धिसागर पौडेल, इन्दुदेवी श्रेष्ठ, कञ्चन शर्मा बराल, निधिप्रसाद तिमिल्सिना, मोतीकृष्ण उपाध्याय, यमलाल सापकोटा, विदुर ढुङ्गाना, तिलकप्रसाद तिवारी र प्रेमप्रसाद न्यौपाने रहेकाछन् । पाँच सदस्यपछि थपिने भएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।