Logo

Jul 30 2026 | २०८३, साउन १४गते

प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने विषयमा कुनै द्विविधा नरहेको- गृहमन्त्री श्रेष्ठ


स्वतन्त्र
सोमबार, चैत २७ २०७९१०:३१
  • 356
    SHARES

  • प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने विषयमा कुनै द्विविधा नरहेको- गृहमन्त्री श्रेष्ठ

    उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न प्रतिवद्ध रहेको बताएका छन्।

    images
    images

    सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सरकारहरूबीच कुनै कामका लागि समन्वय हुनका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने पनि बताए।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको आरोप लगाएपछि त्यसबारे गृहमन्त्री श्रेष्ठले समन्वय गर्न प्रक्रियागत रूपमा आउनुपर्ने बताए। उनले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने विषयमा कुनै द्विविधा नरहेको पनि बताए।

    ‘काठमाडौं महानगरपालिकाका मेयरका बारेमा व्यक्तिगत रूपमा अहिले म कुनै टिप्पणी गर्न चाहन्न। तर कुरा के हो भने( प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न संघीय सरकार मद्दत गर्न प्रतिबद्ध छ,’ गृहमन्त्री श्रेष्ठले भने।

    प्रतिक्रिया दिनुहोस