Logo

Jul 30 2026 | २०८३, साउन १४गते

मन्त्रालय हेरफेर हुदै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी बन्दै


स्वतन्त्र
आइतबार, चैत १२ २०७९०८:२४
  • 372
    SHARES

  • मन्त्रालय हेरफेर हुदै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी बन्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सरकारमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सचिवालय स्रोतका अनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न लागेका छन।

    images
    images

    तत्कालीन एमालेसहितको गठबन्धन रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएपछि माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा सरकारमा गएका थिए ।स्रोतका अनुसार अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने भएपछि गृह मन्त्रालय माओवादीले लिने सहमति भएको हो ।

    यसैबीच भौतिक पूर्वाधार मन्त्रालयबाट बिदा हुने भएपछि उपप्रधानमन्त्री श्रेष्ठले आइतबार पत्रकार सम्मेलनसमेत आयोजना गरेका छन।यद्यपि मन्त्रालयको जिम्मेवारी लिएको करिब सय दिनमा गरिएको काम र सुरुवात भएको कामका बारेमा जानकारी दिन उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गर्न लागेको मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले बताए ।

    श्रेष्ठसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेका अमनलालमोदी सहरी विकास वा ऊर्जा मध्ये एक मन्त्रालयमा पठाउने प्रधानमन्त्रीको तयारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । तर,सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जिम्मेवारी भने यथावत् रहने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस