Logo

Jul 30 2026 | २०८३, साउन १४गते

प्रचण्ड

युद्धका बेला गरेका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गए : प्रचण्ड

बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथि भएको अपमान र विभेदविरुद्धको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिंदै उनले विगतमा गर्वका साथ सुनाइने गरेको अन्तर्जातीय विवाह अहिले गर्वको विषय हुन छाडेको बताए ।


बुधबार, चैत ८ २०७९०५:३०
  • 420
    SHARES

  • युद्धका बेला गरेका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गए : प्रचण्ड
    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धका बेला भएका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गएको बताएका छन् ।

    images
    images

    बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथि भएको अपमान र विभेदविरुद्धको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिंदै उनले विगतमा गर्वका साथ सुनाइने गरेको अन्तर्जातीय विवाह अहिले गर्वको विषय हुन छाडेको बताए ।

    ‘हामीले युद्ध वा आन्दोलनका बेलामा जे कुरा उठायौं त्यही कुरा गर्वका विषय हुन विस्तारै छाडे, आन्दोलन वा क्रान्तिका बेला गरिएका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गए’ उनले भने, ‘जुन गर्वका साथ स्थापित गर्ने गरिन्थ्यो । त्यही स्तरका गर्वका विषय हुन छाडे ।’

    प्रचण्डले अन्तर्जातीय विवाह निरन्तर आन्दोलनको विषय भएको बताए । तर आन्दोलनसँगै संविधान, कानुन र समाजका अरु अवयव पनि सँगै अगाडि जान आवश्यक रहेको उनको भनाइ छ ।

    राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक र सुरेश आले, गोपी अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, जगतबहादुर पार्की, सिंहबहादुर विश्वकर्मालगायत सांसद समर्थक रहेको संकल्प प्रस्तावमाथि छलफल भएको हो ।

    संकल्प प्रस्तावमा संविधान र कानुनमा व्यवस्था भए अनुसार निजी वा सार्वजनिक स्थानमा हुने छुवाछूत र भेदभावलाई गम्भीर सामाजिक अपराध मानी दोषीलाई कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । उक्त संकल्प प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मतले पारित गरेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस