Logo

Jul 30 2026 | २०८३, साउन १४गते

१६ जनाको मेडिकल टीमसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रमा


स्वतन्त्र
शनिबार, कात्तिक १८ २०८००७:४१
  • 596
    SHARES

  • १६ जनाको मेडिकल टीमसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रमा
    तस्बिरः प्रधानमन्त्रीको सचिवालय

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन। नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित तत्कालै उद्दार, खोज र राहतका लागी प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन।

    images
    images

    जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो । भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ।भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् । 

    प्रतिक्रिया दिनुहोस