Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सत्ता गठबन्धनको बैठक जारी


स्वतन्त्र
बुधबार, चैत १५ २०७९१०:१६
  • 292
    SHARES

  • सत्ता गठबन्धनको बैठक जारी

    काठमाडौं । सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

    images
    images

    प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् । आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाउने प्रयासमा दलहरू छन् ।

    यसअघि मङ्गलवार साँझ बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम दलहरूलाई आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो । हिजोको बैठकमा मन्त्रालय बाँडफाँटमा पनि छलफल भएको थियो । तर कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति जुट्न सकेन ।

    प्रतिक्रिया दिनुहोस