Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बागलुङ नगरपालिकामा छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता


स्वतन्त्र
शनिबार, मंसिर २३ २०८००९:०७
  • 964
    SHARES

  • बागलुङ नगरपालिकामा छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    बागलुङ।  छैठौ राष्ट्रपति कप खेलकुद प्रतियोगिता बागलुङ नगरपालिकाको आयोजनामा सञ्चालन भएको छ ।  तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उदघाटन गरेका छन । प्रतियोगितामा ३७ बिद्यालयका १ हजार ५ सय बिद्यार्थी खेलाडी सहभागि रहेका छन् ।प्रतियोगितामा ७० इभेन्टका खेल हुने छन । 

    images
    images

    शुक्रबार दौड तथा छात्र भलिबलका खेलहरु भएका छन् । छात्र १ हजार ५ सय मीटर दौडमा सिगाना माबि तित्याङका रबी बिकले स्वर्ण पदक जितेका छन् । बिद्यामन्दिरका सागर नेपालीले  रजत र चिल्ड्रेन लाइफका आमोद जिसीले कास्य पदक पाए ।छात्रा १ हजार ५ सय मीटर दौडतर्फ मुलपानी माविकी मनिषा दर्जीले स्वर्ण पदक जितिन् । गणेश माबिकी सनम साहनीले रजत र चिल्ड्रेन लाइफकी अंशु गिरीले कास्य पदक पाइन् ।

    १ सय मीटर दौडमा  छात्रतर्फ गणेश माबिका प्रतिक थापाले स्वर्ण जितेका छन । अमर आदर्शका उज्वल रुचालले रजत र न्यू एभरेण्ट एकेडेमीका प्रदिप परियारले कास्य पदक जिते । त्यस्तै छात्रातर्फ गणेश माबिकी पुनम पौडेलले स्वर्ण, चिल्ड्रेन लाइफकी रिवा ठकुरीले रजत र युएस एकेडेमीकी साधना आचार्यले कास्य पदक जितिन् ।

    प्रतियोगिताको पहिलो दिन भलिबलका ४ खेल सम्पन्न भएका छन् । पहिलो खेल न्यु ओएसिस माबिले कालीका कन्या माबिलाई सोझो दुइ सेटमा पराजित ग¥यो । दोश्रो खेलमा कुडुले माबिलाई हराएर धवलागिरि बिरेन्द्र माबि बिजयी भयो । त्यस्तै, होलीचाइल्ड बोर्डिङ स्कुलले न्यू एभरेष्ट एकेडेमीलाई पनि सोझो दुइ सेटमा पराजित ग¥यो । चौथो खेलमा रुद्रे पिपल माबिले तितौरे माबिलाई पराजित ग¥यो । शनिबार छात्रछात्रा तर्फका भलिबल खेल हुनेछन् । भलिबल प्रतियोगिताका लागि छात्रातर्फ ९ र छात्र तर्फ २० टिम छन् । 

    प्रतिक्रिया दिनुहोस