Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कालिका कन्या मन्दिरको बार्षिक उत्सव बिभिन्न कार्यक्रमका साथ सञ्चालन


मंगलबार, फागुन १ २०८०१०:०९
  • 612
    SHARES

  • कालिका कन्या मन्दिरको बार्षिक उत्सव बिभिन्न कार्यक्रमका साथ सञ्चालन

    बागलुङ। कालिका कन्या मन्दिर माध्यमिक विद्यालय बागलुङले बार्षिक उत्सवका अवसरमा बिभिन्न कार्यक्रम सञ्चालन गरेको छ । बिद्यालयले बार्षिक उत्सव एवं बसन्त पञ्चमी अवसर पारेर चार दिन सम्म बिभिन्न कार्यक्रमको आयोजना गरेको हो । आईतवारदेखि सुरु भएको बार्षिक उत्वसको अवसरमा बिभिन्न अन्र्तर बिद्यालयस्तरीय खेलकुद एवं नृत्य लगाएका कार्यक्रम सञ्चालन गरिएको छ ।

    images
    images

    बार्षिक उत्वसको पहिलो दिन आईतवार सात वटा बिद्यालयस्तरीय छात्र कर्भडी प्रतियोगिता भएको छ । कर्भडी प्रतियोगितामा यु.एस. एकेडेमी प्रथम र सिद्धार्थ शिक्षा सदन द्धितिय भएका छन । सोमबार पनि बिद्यालयस्तरीय रिले दौड,हिसाव दौड र लंगजम्प प्रतियोगिता भएको छ ।

    बार्षिक उत्वसको तेस्रो दिन मंगलबार बिद्यालयस्तरी नृत्य प्रतियोगिता,अभिभाववीच म्यूजिकल चेयर र शिक्षकहरुवीच घैटो प्रतियोगिता सम्पन्न भएको छ । नृत्य प्रतियोगिता १२ वटा बिद्यालयहरुले सहभागीता जनाएको थिए । अभिभावस्तरीय म्यूजिकल चेयरमा अन्जिमरा खान प्रथम,पुष्पा बिश्वकर्मा द्धितिय,रन्जीतीया बिश्वकर्मा तृतिय र पार्वती बोहोराले सान्त्वना स्थान प्राप्त गरेका थिए । भने शिक्षक घैटो प्रतियोगितामा शिक्षक ईश्वरी शर्मा प्रथम भएका थिए । प्र.अ.धनराज सापकोटाको अध्यक्षता र सांस्कृति कार्यक्रम संयोजक हुमा रिजालको सञ्चालनमा प्रतियोगिता सम्पन्न भएको थियो ।

    बार्षिक उत्वसको मुल समारोह बुधबार रघुपति स्मृति ,लालबहादुर कर्णकुमारी स्मृति प्रतिभावा र कुलबहादुर प्रतिभा पुरस्कारबाट बिद्यार्थीहरुलाई पुरस्कृति एवं सम्मान  सहित बिभिन्न कार्यक्रम सञ्चालन हुने भएका छन ।  बार्षिक उत्वसलाई सम्पन्न गर्न बिभिन्न उपसमिति समेत गठन गरिएको छ । स्वागत तथा अथिति सत्कारको संयोजकमा धनराज सापकोटा,मञ्च व्यवस्थापन तथा सजावत संयोजकमा लेखनाथ आर्चाय, सरसफाईको संयोजकमा शर्मिला चर्मकार,खेलकुदको संयोजकमा बीर बहादुर किसान,पुरस्कार तथा प्रमाणपत्र मेडल व्यवस्थापनको संयोजकमा ईश्वर ठाकुर पौडेल,बिद्यार्थी परिचालन संयोजकमा विमला गुरुङ ,पुजा तथा प्रसाद तयारीको संयोजकमा सुर्दशन कंडेल र सांस्कृतिक उपसमितिको संयोजकमा हुमा रिजाल रहेका छन ।

    षौष २८ गते देखि सुरु भएको बार्षिक उत्सव फागुन २ गते बसन्त पञ्चमी दिन मुल समारोह,बिभिन्न बिधाका पुरस्कार एवं शिक्षक सम्मान सहित कार्यक्रम सम्पन्न हुने बिद्यालयका सुचना अधिकारी ईश्वर ठाकुर पौडेलले जानकारी दिए । 


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस