बागलुङ - तिन लाख राशीको कालिका कप खुल्ला पुरूष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । बागलुङमा सञ्चालन भएको प्रतियोगितमा गलकोट घुम्टे क्लबलाई पछि पार्दै नेपाल पुलिस क्लब प्रथम भएको हो ।
प्रतियोगितामा गलकोट घुम्टे क्लब द्धितिय र हिलसाइट निर्माण सेवा जैमिनी निलो तृतिय भएका छन । प्रतियोतिगामा प्रथम,द्धितिय र तृतिय हुनेले क्रममा तिन लाख,एक लाख पचास हजार र सत्तरी हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन । त्यसैगरि सान्त्वन पुरस्कार हिलसाइट निमार्ण सेवा जैमिनी सेतोले प्राप्त गरेको छ । प्रतियोगितामा बिस हजारको सान्त्वना पुरस्कार र सर्वोत्कृष्ठ खेलाडीलाई दश हजार नगद प्रदान गरिएको छ । खुला भलिबल प्रतियोगितामा देशभरबाट १३ टिमले भाग लिएका थिए ।
त्यसैगरि छेलो प्रतियोगितमा पोखराका किरण सुनार प्रथम भएका छन । उनले नगद पन्ध्र हजार, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन । छेलो प्रतियोगितामा रोहित सुनार द्धितिय भएका छन । छेलो प्रतियोगितामा १५ जनाले भाग लिएका थिए । चैत्राष्टमीको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा प्रतियोगिता भएको थियो ।