Logo

Jul 30 2026 | २०८३, साउन १४गते

श्री स्वस्थानी व्रतको महिमा


शनिबार, पुस १९ २०८२०८:०६
  • 1.5K
    SHARES

  • श्री स्वस्थानी व्रतको महिमा

    वैदिक सनातन हिन्दु धर्मालम्बीहरू विशेष गरी मातृ शक्तिहरूले प्रत्येक वर्षको पौष शुक्ल पुर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म एक महिना शुद्ध मन वचन कर्म गरी आफ्नो मनोकांक्षा  पुरा होस् भनि गर्ने अभिप्रायले प्रत्येक दिन मध्यान्नमा देवी स्वरूपी श्री स्वस्थानी माताको पूजा आराधना गरी व्रत बसी माघ महात्मे श्री स्वस्थानीको व्रत प्रारम्भ गर्ने गरिन्छ।

    images
    images

    स्वस्थानीमा स्व भनेको आफू र आफ्नो स्थानी भन्नाले स्थान वा नियम अनुशासन हो । यसले गर्दा कुनै पनि कुरामा दोष देख्न सकिँदैन  भन्ने नै हो । यसले गर्दा मनुस्यहरुमा सहयोगी भावनाको विकासका साथै आदानप्रदान, एक अर्कालाई सुख दुखमा साथ दिने, निस्वार्थ भावना विकास गर्ने, जीवनमा आइपर्ने कठिन अवस्थामा पनि सहज रुपमा जीवन जिउन पर्दछ भन्ने कुराहरू सिकाउने प्रयत्न गरिएको पाइन्छ।

    पुर्णिमा व्रतको प्रारम्भ हुनुपुर्व पौष शुक्ल चतुर्दशीका दिन हात गोडाको नङ काटी नजिकको तीर्थस्थलमा गई नुहाउने ,शुद्ध वस्त्र लगाउने र  एक महिने व्रत बस्ने प्रचलन रहेको छ । उक्त समयमा व्रतालु शुद्ध  आहारविहार गरी शुद्धासन गरी बस्ने र साँझ कथा वाचन र श्रवण र पूजा गरिएको पाइन्छ। यसो गर्दा आफ्नो जीवनमा सधैंभरि सादगी जीवन जिउनमा सहयोग पुग्छ भन्ने मान्यता रहेको छ।  

    पौष शुक्ल पुर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म एक महिना सम्म हुने यस व्रतको महत्व रहेको छ । विवाहित महिलाहरूले पति र घरपरिवारको दीर्घायु र सुखका लागि, अविवाहितहरूले राम्रो जीवन साथीका लागि व्रत गरिएको  र यो गर्दा श्री स्वस्थानीले व्रतबाट पुरा भएको समेत  कथामा नै उल्लेख गरिएको छ । 

    अर्को तर्फ यसले आफ्नो जीवनमा त्यो नियमलाई परिपालन गरी सुख शान्ति र आरोग्यता प्राप्ति गर्न सकिन्छ भन्ने  हो । समाजमा हुने विकृति विसंगतिलाई उजागर गरी त्यसलाई जरादेखि नै उन्मूलन गर्न सकिने पाठहरू समेत यस  व्रतबाट सिक्न पाइन्छ। भगवतीका विभिन्न स्वरूपहरू मध्ये एक महत्वपूर्ण देवी श्री स्वस्थानी भगवतीलाई लिएको छ। सत्य युगमा हिमालय पर्वतकी पार्वतीले श्री महादेवलाई पति पाउँ  भनि व्रत आरम्भ गरी पुर्ण गरेपछि श्री महादेवलाई पतिको रूपमा  प्राप्त गरेको भन्ने कथामा उल्लेखित छ ।  

    यसबाट के कुराको सिकायत हुन्छ भने कुनै पनि वस्तु प्राप्त गर्नको लागि हरेक कुरामा  तन,मन र ध्यान पुर्‍याएर काम गर्नुपर्छ भन्ने कुरा सिकाएको छ। व्रतको महिमा यो छ कि पृथ्वीको उत्पत्तिदेखि मानव जीवनमा आइपर्ने विभिन्न समस्या ग्रसित प्रवृत्ति र त्यसबाट छुटकारा पाउने समाधानका उपायहरु समेत उजागर गरेको पाइन्छ ।

    भनिन्छ नि माहुरीको संगत गर्यो भने सुगन्धित पुष्प बगैँचा तिर लान्छ भने झिङ्गाको संगत गर्यो भने दुर्गन्धित वस्तुतिर लान्छ भन्ने कुरा पुष्टि हुन्छ। त्यसैगरी यो कथालाई जसले जसरी लिन्छ त्यसरी नै उसले आफ्नो जिवनलाई परिवर्तन गर्न सक्ने कुरा प्रष्ट पारेको छ । 



    प्रतिक्रिया दिनुहोस