काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा उम्मेदवारी दर्ता गरेका छन् । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि लामिछानेले उम्मेदवारी दर्ता गरेका हुन् ।
भरतपुर १० मा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले पहिलो नम्बरमा उम्मदेवारी दर्ता गरेका हुन् । रवि लामिछानेको प्रस्तावकमा सीता ज्ञवाली र समर्थक विक्रम श्रेष्ठ रहेका छन् ।
दिउँसो २ बजे कांग्रेस र ३ बजे एमालेले उम्मेदवारी दर्ता गराउँदै छन् । सत्ता गठबन्धनबाट कांग्रेसले जितनारायण श्रेष्ठ र एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।
गत मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने चितवन–२ बाटै विजयी भएका थिए । नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएपछि यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।