Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

आफूलाई सुनियोजित रुपमा फसाउन खोजेको श्रेष्ठको दाबी


स्वतन्त्र
बुधबार, चैत २९ २०७९०५:५५
  • 396
    SHARES

  • आफूलाई सुनियोजित रुपमा फसाउन खोजेको श्रेष्ठको दाबी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई सुनियोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन्। उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताए।

    images
    images

    पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अडियो इडिट गरेर बनाएको बताए। उनले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताए।

    उनले भने, ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु, त्यतिबेलासम्म धैर्य गर्नुहोला। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ। त्यसप्रति म क्षमाप्राथि छु। यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला,उनले भने । 

    प्रतिक्रिया दिनुहोस