Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेपालमा विदेशी नागरिकले पार्टी खोलेर चलाउन थालिसके: अध्यक्ष केसी


स्वतन्त्र
बुधबार, चैत २९ २०७९०६:१४
  • 424
    SHARES

  • नेपालमा विदेशी नागरिकले पार्टी खोलेर चलाउन थालिसके: अध्यक्ष केसी

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालेको बताएका छन । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेको बताएका हुन।

    images
    images

    नेपालमा विदेशी हस्तक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको उनको भनाइ थियो । उनले स्थापित राजनीतिक पार्टीहरु बद्नाम हुँदै गइरहेको भन्दै पार्टीहरु बद्नाम हुनुमा पार्टीहरुकै कमजोरी रहेको औंल्याए ।

    उनले भने, ‘देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता अहिले पनि संकटमा छ । विदेशीहरुको हस्तक्षेप खुलेआम बढेको छ । विदेशीहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन् । ५०/६० वर्षदेखि स्थापित पार्टीहरु बद्नाम भएर गएका छन् ।’ 

    प्रतिक्रिया दिनुहोस