काठमाडौं–सरकारले विदेशी लगानी भित्राउनका लागि लगानी सम्मेलन आयोजना गर्दै आएको छ । स्वदेशमा पुँजी अभावले विदेशी लगानी ल्याउनका लागि विभिन्न प्रयत्न गर्दै आएपनि उपयुक्त वातावरण बनाउन सकेको छैन ।
विदेशी लगानीकर्ताले लगानी गरेका परियोजनालाई संरक्षण गर्न नसक्दा विदेशी लगानीकर्ताहरु निरुत्साहित हुँदै आएका छन् । ठूला परियोजना सञ्चालन भएर स्वदेशमा रोजागरी सृजना नहुँदा युवाहरु वैदेशिक रोजगारका लागि जान बाध्य रहेका छन् ।
विदेशी लगानीकर्ताले अर्बौं रुपैयाँ लगानी गरे पनि त्यसलाई संरक्षण गर्न नसकेको आरोप लाग्दै आएको छ । विदेशी लगानी भएका परियोजनाहरुमा विचौलियाले लगानीकर्तालाई विभिन्न बहानामा दुःख दिने काम हुँदै आएको छ । त्यसकै चपेटामा परेको एउटा विदेशी लगानीको परियोजना हो–‘भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्ट ।’
अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सञ्चालन गर्दै आएको होटलबाट नेपालको एउटा स्वार्थ समूहले विदेशी कम्पनीलाई विभिन्न दुःख दिएपछिनेपालबाट बाहिरिने निर्णयमा पुग्यो । विदेशी लगानीकर्तालाई नेपालका केही विचौलियाले दुःख दिए । सरकारी अधिकारीबाट पनि विदेशी लगानीकर्ताले साथ नपाए पछि करिब ५ अर्ब रुपैयाँ लगानीको टाइगर प्यालेसबाट हात झिक्यो । पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्ट हत्याउन एउटा समूह सक्रिय भएर उक्त कम्पनीलाई नेपालबाट लखेट्ने प्रयास गरेका थियो । होटल सञ्चालन नहुँदा सयौंको रोजगारी गुम्यो ।
स्वार्थ समूहले विभिन्न दुःख दिए पछि विदेशी कम्पनीले होटल सञ्चालन गर्न सकेन । आफ्नो जन्मभूमिमा रोजगारी सृजना लगायतका केही काम गर्नुपर्छ भनेर टाइगर प्यालेसलाई गैर आवासीय नेपाल संघ अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, गैर आवासीय नेपाली कुल आचार्य, गैर आवासीय नेपाली संघ क्यानाडाका पूर्व अध्यक्ष दीपक गौतम लगायतले टाइगर प्यालेस खदिर गरेर सञ्चालन गर्ने प्रयत्न गर्दा पनि उक्त स्वार्थ समूहले दुःख दिने प्रयास गरिरहेको थियो । नेपालमा केही गर्नुपर्छ भन्ने गैर आवासीय नेपालीहरुको समूहले उक्त स्वार्थ समूहको धाक धम्कीका बीच अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सबै सेयर हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत खरिद गरे । खरिदबापत सरकारलाई लाग्ने सम्पुर्ण करहरु तिरे । रिर्सोट खरिद गर्दा कम्पनीका अध्यक्ष बुद्धि सुवेदीले भनेका थिए–‘हामी नेपालमा नाफा कमाउन आएका हैनांै,देशप्रतिको दायित्व पुरा गर्न आएका हौं ।’
कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण पूर्णरुपमा सञ्चालन हुन नसकेको होटल सञ्चालनमा आयो । प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको बन्द हुने अवस्थामा रहेको टाइगर प्यालसेलाई पुर्नजीवन दिए । सरकारलाई ५५ करोड रुपैयाँ भन्दा बढी राजस्व तिरे । रिसोर्ट सञ्चालनमा आए पछि सयौंले रोजगारी पाएका छन् । टाइगर प्यालेसले करोडौं राजस्व तिर्दै आएको छ । तर, उक्त टाइगर प्यालेसका सञ्चालकलाई स्वार्थ समूहले दुःख दिन भने छाडेको छैन ।
टाइगर प्यालेसमा क्यासिनो पनि सञ्चालन हुँदै आएको छ । भारतसँग जोडिएको भैरहवामा भारतीय नागरिक क्यासिनोका प्रमुख ग्राहक हुन् । क्यासिनो सञ्चालनबाट राज्यलाई करोडौं राजस्व आएको छ भने सयौंले रोजगारी पाएका छन् । टाइगर प्यालेस रिर्सोट किन्न नदिन विभिन्न हडकन्डा अपनाएको स्वार्थ समूहले अहिले फेरी क्यासिनो सञ्चालनमा अबरोध प्रयास गरेको छ ।
अहिले त्यही स्वार्थ समूहले क्यासिनो सञ्चालन गर्न नदिन विभिन्न बहाना बनाएर सञ्चालकलाई दुःख दिने, नकरात्मक समाचार लेखेर संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका पदाधिकारीलाई प्रभावित काम गर्ने प्रयास सुरु गरेको हो । कानुनतः होटलमा क्यासिनो सञ्चालन गर्न पाउनुपर्छ । पर्यटन विभागले क्यासिनोको लाइसेन्स दिनुपर्छ । क्यासिनोको लाइसेन्स दिँदा सरकारलाई करोडौं राजस्व आउँछ । सयौंले रोजगारी प्राप्त गर्छन् ।
टाइगर प्यालेस रिसोर्टमा एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो । एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिमा सिल्भल हेरिटेज प्रालिको ९० प्रतिशत र टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिको १० प्रतिशत शेयर रहेको छ । उक्त कम्पनी बन्द भएको छ । काठमाडौं इन्भेष्टमेन्ट कम्पनी अदालत गए पनि अदालतबाट पराजित भए पछि अहिले ट्रेड युनियनलाई उचाल्ने, पर्यटन मन्त्रालय र पर्यटन विभागका अधिकारीलाई धान धम्की दिने प्रयास भइरहेको छ । यसले विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने काम भएको भन्दै लगानीकर्ता चिन्तित भएका छन् ।
अहिले नयाँ कम्पनीले लाइसेन्स लिएर क्यासिनो चलाउने प्रक्रिया अघि बढिरहेको अवस्थामा उक्त स्वार्थ समूहले पर्यटन मन्त्रालय र पर्यटन विभागका कर्मचारीलाई लाई गलत लान्छना लगाएर त्रसाई प्रभावित गरेर लाइलेन्स रोक्नका लागि चलखेल सुरु गरेका छन् । विदेशी लगानीकर्तालाई फटाफट काम गर्ने वातावरण सृजना गर्नुपर्नेमा हत्तोत्साही गर्ने उद्देश्यले यस्तो प्रयास गरिएको हो ।
सञ्चार माध्यमबाट भ्रामक समाचार प्रकाशित गर्ने काम भएको भन्दै टाइगर प्यासेलले एक विज्ञप्ति प्रकाशित गरी आपत्ती व्यक्त गरेको छ । क्यासिनो र होटेललाई असफल बनाई नाजायज फाइदा उठाउन खोज्नेहरुको गिरोहले चलखेल गरि यसलाई बदनाम गर्ने सम्वन्धित निकायका अधिकारीहरु धम्की दिने र भ्रामक प्रचार गर्ने उद्देस्यले नियोजित रुपमा समाचार प्रकाशित भएकोमा अचम्मित भएको टाइगर प्यालेसले जनाएको छ ।
करिव ५५ करोड गुम्नै लागेको सरकारी राजश्व तिरी, कामदारको समस्या, विभिन्न स्थानमा रहेको बक्यौता लगायत विभिन्न समस्याहरु एकपछि अर्को गर्दै समाधान गरि व्यावसायलाई पहिलेकै अवस्थामा संचालन गर्ने बातावरण बन्दैगर्दा झुटा तथा भ्रामक समाचार सम्प्रेशण गरि व्यावसायीको मनोबल गिराउने हतोत्साही गराउने कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ ।
क्यासिनो सहितको होटेल संचालन भइरहेको टाइगर प्यालेसमा नियमपुर्वक आवस्यक कागजात र राजश्व तिरेपछि क्यासिनो संचालन गर्न अनुमति दिनु राज्यको दायित्व भएको स्मरण गराएको छ । संचालन भइरहेको स्थानमा ५ बर्षदेखि नतिरिएको बक्यौता तिरेर क्यासिनो संचालन गर्दा राज्यले पुरस्कृति गर्नुपर्नेमा नियमानुसार पाउनुपर्ने क्यासिनो संचालन अनुमति पत्र लिन खोज्दा पनि विभिन्न बहानामा सम्वन्धित अधिकारीहरुको नाम प्रकासित गरि नचाहिने लान्छना लगाई झुटा विवरण प्रकाशित भएको भन्दै कानुनी उपचारमा जाने जनाएको छ ।